राजविराज, २६ जेठ । प्रदेश नम्वर २ सरकारले सप्तरी जिल्लामा कृषि कलेज स्थापना गर्ने भएको छ ।
कृषि कलेज स्थापना गरी क्रमशः कृषि विश्व विद्यालय स्थापना गर्ने घोषणा गर्ने भनी आर्थिक वर्ष २०७७÷०७८ नीति तथा कार्यक्रममा समावेश गरिएको हो । प्रदेश सभामा आइतवार प्रदेश प्रमुख तिलक परियारद्वारा प्रस्तुत आ.व. २०७७⁄७८ को प्रदेश सरकारको नीति तथा कार्यक्रममा राजविराज गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रलाई आधुनिकीकरण गरी पुनः सञ्चालन गर्न योजना तर्जुमा गरिने भनी चर्चा गरिएको छ ।