राजविराज, २६ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर–८ निवासी विन्देश्वर साह (हलुवाई)लाई स्वजातिय अगुवाहरुले संयुक्त रुपमा आर्थिक सहयोग गरेका छन् ।
विगत दुई वर्षदेखि डायलायसिस गराईरहेका ६६ वर्षिय विन्देश्वरलाई हलुवाई समाज नेपालको तर्फबाट सोमवार १७ हजार एक सय रुपैयाँ नगद आर्थिक सहयोग उपलब्ध गराईएको हो । समाजका संस्थापक अध्यक्ष शिवनारायण साह (सुरज), कार्यसमितिका अध्यक्ष शत्रुध्न प्रसाद साह समाजका अगुवाहरु शिव प्रसाद साह, शंकर प्रसाद साह, दिगम्बर साह, रेशमलाल साह, रामदेव साह, राधेश्याम साह, रामनारायण साह, रामखेलावन साह, अर्जुन साह, सुरेश साह, बद्री साह, अमर साह, चन्देश्वर साह (राजा), भूविन्द्र साह र दिपेन्द्र साहले व्यक्ति रुपमा सहयोग संकलन गरी विरामी विन्देश्वरलाई उपलब्ध गराएका छन् ।
उनी राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा हप्तामा दुई पटक डायलायसिस गराउँदैआएका छन् ।