• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रदेश २ मा मात्रै एक सय सात कोरोना संक्रमित, पर्सामा सर्वाधिक ८८ जना

प्रदेश २ मा मात्रै एक सय सात कोरोना संक्रमित,  पर्सामा सर्वाधिक ८८ जना

राजविराज, ३ जेठ । प्रदेश नम्वर २ मा मात्रै कोभिड १९ कोरोना भाइरस संक्रमितको संख्या एक सय सात पुगेको छ ।
सामाजिक विकास मन्त्रालयको शनिवार बेलुकीसम्मको अपडेट अनुसार प्रदेशमै सर्वाधिक पर्सा जिल्लामा ८८ पुगेको छ । सबभन्दा कम अर्थात एक–एक जना संक्रमित सप्तरी र सिरहामा रहेको छ ।
महोत्तरी जिल्लामा २, धनुषा, सर्लाही, रौतहट र बारामा तीन–तीन जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यसैगरी अन्य ३ जना समेत गरी संक्रमित संख्या ८८ पुगेको छ ।
हालसम्म ५ हजार २ सय ३१ जनाको स्वाब परीक्षण गरिएकोमा एक हजार ४ सय ३६ जनाको नतिजा आउन बाँकी रहेको छ । स्वाब परीक्षण गरिएकाहरुमध्ये ३ हजार ६ सय ८८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । हाल संक्रमित सहित एक सय ६ जनालाई आइसोलेसनमा राखिएको छ ।
यसैगरी ५ हजार ५ सय ३० जनाको आरडिटी गरिएको छ । जसमध्ये ५ हजार ५ सय २० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १० जनाको पोजेटिभ आएको छ । पूर्व तयारी स्वरुप हाल प्रदेशका जिल्लाहरु समेत गरी आइसोलेसन बेड ३ सय ९८ रहेको छ । सप्तरी ६१, सिरहा ४८, धनुषा १२, महोत्तरी ३७, सर्लाही १५, रौतहट ५०, बारा ४६ र पर्सामा एक सय २९ ओटो आइसोलेसन बेड रहेको सामाजिक विकास मन्त्रालय प्रदेश नम्वर २ ले जनाएको छ ।