• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

युवकको हत्यामा संलग्न तीन जना अभियुक्त पक्राउ

युवकको हत्यामा संलग्न तीन जना अभियुक्त पक्राउ

राजविराज, १७ वैशाख । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर–१ स्थित पूर्वी कोशी तटबन्धमा दुई साता अघि एक युवाको हत्यामा संलग्न तीन जना पक्राउ परेका छन् ।
सोही वडाका १९ वर्षिय सुरज कुमार साहको चैत्र ३० गते हत्या भएको थियो । मृतकको मुख तथा शरिरमा गम्भीर रहेको तथा घटनास्थलमा रगतका छिट्टा देखिएको थियो । उक्त हत्याको विषयमा थप अनुसन्धानकालागि प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर मगाइएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले अनुसन्धान थालेको थियो ।
उक्त हत्यामा संलग्न अभियुक्तहरु सुजित कुमार मुखिया, प्याँप्याँ भनिने कृष्ण कुमार मुखिया र टिल्का भनिने चन्द्रशेखर मण्डललाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । नशा सेवन गरी चोरी गर्न जाने योजनाका क्रममा सुजित कुमार मुखियाले सुरज साहको साथमा भएको ताल्चा काट्ने कट्टरले जिस्किएर सुरज साहको टाउकोमा हानेपछि सुरज बेहोस भएर ढलेको अनुसन्धानबाट खुलेको छ ।
तीनै जना मिलेर प्लास्टिकको बोरामा रहेको निलो रंगको लेसले सुरज साहको घाँटीमा बाँधी तान्दै गर्दा लात्ती र कट्टर समेतले प्रहार गरी बेहोस भएको थियो । सुरज मरिसक्यो, यसलाई साइड लगाउनुपर्छ भनी सोही प्लास्टिकको बोरामा हाली भलुवातर्फ जाने कोशी बाँधको छेउमा लगेर फलामको खुकुरीले सुरज साहको टाउकोमा पुनः तीन–तीन पटक प्रहार गरी निजलाई रगताम्मे बनाई बाटो छेउकै झाडीमा फालेर भागेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता तिलक भारतीले जानकारी दिएका छन् ।
ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्र सहितको प्रहरी टोलीले हत्यामा संलग्न फरार तीनै जनालाई पक्राउ गर्नुको साथै हत्यामा प्रयोग भएको फलाम काट्ने कट्टर, खुकुरी र बोरा सहित बरामद गरिएको छ । तीनै जनालाई सप्तरी जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान कार्य भईरहेको प्रवक्ता भारतीले जानकारी दिएका छन् ।