राजविराज, १६ वैशाख । सप्तरी जिल्लामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा हालसम्म ७ सय ७७ जनाको आरडिटी तथा ३ सय ६४ जनाको स्वाब सङ्कलन गरिएको छ ।
स्वास्थ्य कार्यालय सप्तरीले दिएको जानकारी अनुसार गजेन्द्रनारायण सिंह अस्पतालमा एक सय ४२ जनाको आरडिटी गरिएको छ । जसमध्ये तीन जनामा कोरोना पोजेटिभ पाईएको छ । यसैगरी स्वास्थ्य कार्यालय मार्फत ६ सय ३५ जनाको आरडिटी गरिएकोमा एक जनाको मात्र कोरोना पोजेटिभ देखाएको छ ।
यस्तै गजेन्द्रनारायण सिंह अस्पतालमा ४७ जनाको स्वाब संकलन गरिएको छ । स्वास्थ्य कार्यालय मार्फत ३ सय १७ जनाको स्वाब संकलन गरिएको छ । ती सबैको स्वाब परीक्षणकालागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएकोमा १ सय ७७ जनाको रिपोर्ट आउन बाँकी छ । हालसम्म प्राप्त पिसीआर रिपोर्ट सबैको नेगेटिभ नै रहेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
जिल्लाको विभिन्न स्थानीय तहहरुमा कुल ३० ओटा क्वारेन्टाइन रहेको छ । उक्त क्वारेन्टाइनहरुमा कुल बेड सङ्ख्या ६ सय ४९ रहेको छ । हाल क्वारेन्टाइनहरुमा २ सय ५७ जना तथा होम क्वारेन्टाइनमा एक सय १२ जना रहेको स्वास्थ्य कार्यालय सप्तरीले जनाईएको छ । यसैगरी कुल आइसोलेसन बेड सङ्ख्या ५१ रहेको छ ।
राष्ट्रिय
सप्तरीमा ७७७ जनाको आरडिटी तथा ३६४ जनाको स्वाब सङ्कलन
तीन जनामा आरडिटी पोजेटिभ, सबैको पिसिआर नेगेटिभ