राजविराज १० वैशाख । निरन्तरको लकडाउनका कारण समस्यामा परेका विपन्न तथा दलित परिवारलाई वुधवार राजविराजमा एक ज्येष्ठ नागरिकले राहत वितरण गरेको छ ।
राजविराज–७ निवासी १ सय १ वर्षीया सुमनदेवी जोशीले आफ्नो घरमै २६ विपन्न तथा दलित परिवारलाई चामल र नून लगायतका राहत सामग्री वितरण गरेकी हुन् । प्रतिपरिवार २५ किलो चामल र २ किलो नून वितरण गरिएको छ ।
‘हजुरआमाको वृद्ध अवस्थामा यसरी समस्यामा परेकाहरुलाई केही सहयोग गर्ने निकै अभिलाशा थियो, उनका नाति हरेराम जोशीले भने ‘सोही अभिलाशा पूरा गर्न राजविराज नगरपालिका तथा रुपनी गाउँपालिकाको दलित बस्ती पुगेर पहिचान गरिएका २६ विपन्न तथा दलित परिवारलाई घरमै बोलाएर हजुरआमाकै हातबाट राहत वितरण गरिएको हो ।’
लामो समयको लकडाउनका कारण वेरोजगार भई समस्या परेका विपन्न दलित समूदायका व्यक्तिहरु राहत सामग्री पाएपछि खुशी भएका छन् । 