• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

चित्रगुप्त सेवा समितिद्वारा स्वजातीयलाई राहत वितरण

चित्रगुप्त सेवा समितिद्वारा स्वजातीयलाई राहत वितरण

राजविराज, १० वैशाख । सप्तरी जिल्लाकै जेठो जातिय संस्थाको रुपमा परिचित चित्रगुप्त सेवा समितिले बुधवार आफ्ना जाति समुदायका विपन्न परिवारका ३६ परिवारलाई राहत बितरण गरेको छ ।
समितिको कार्यालय रहेको राजविराज वडा नं. २ स्थित चित्रगुप्त मन्दिर परिसरमा आर्थिक रुपले विपन्न रहेका कायस्थ जातिका ती परिवारलाई राहत बितरण गरिएको हो । जाति भित्रका कतिपय परिवारलाइ यो लामो चलेको लकडाउनमा खान लाउन समस्या भए पछि जातिय संस्था भएकोले जातिका व्यक्तिहरुलाई मदत पुग्ने अभिप्रायले यो राहत बितरण गरिएको समितिका अध्यक्ष अशोक कुमार कर्णले बताए ।
चालिस जनाको सूची रहेकोमा राहत लिन नआएकाहरु पछि सम्पर्कमा आए उनीहरुलाई पनि राहत सामग्री उपलब्ध गराउने प्रतिबद्धता समेत अध्यक्ष कर्णले व्यक्त गरे । राहत सामग्रीको रुपमा चामल २० किलो, दाल २ किलो, खानेतेल १ किलो, आलु २.५ किलो, नून १ किलो, सोयाबिन १÷२ किलो, मसाला १ पैकेट, डिटोल साबुन २ वटा, सेनिटाईजर १ बोतल, मास्क २ देखि ४वटा, चौकलेट १० वटा दिईएको समितिका महासचिव सतीश कुमार दतले बताए ।
उक्त अवसरमा राजविराज नगर पालिका वडा नम्वर २ का वडा अध्यक्ष अरुण कुमार यादवले चित्रगुप्त सेवा समितिले यो प्रयास गरेर सराहनीय काम भएको बताए ।