• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा एक थुनुवाको आरडिटी रिपोर्ट पोजेटिभ

सप्तरीमा एक थुनुवाको आरडिटी रिपोर्ट पोजेटिभ

राजविराज, ९ वैशाख । सप्तरीको डाक्नेश्वरी नगरपालिका स्थित ईलाका प्रहरी कार्यालयमा रहेका एक थुनुवाको र्यापिड डाइग्नोष्टिक टेष्ट पोजेटिभ आएको छ ।
कुटपीट मुद्दामा सोमवार पक्राउ परेका उनलाई राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्गलवार जाँच गराउँदा आरडिटी रिपोर्ट पोजेटिभ आएको हो । डाक्नेश्वरी नगरपालिका वडा नम्वर–४ का ४८ वर्षिय पुरुषलाई छिमेकीसँगको विवादमा प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिएका छन् ।
उनको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि तत्काल आइसोलेसनमा राखिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् । बुधबार विहान उनको स्वाब संकलन गरी पिसिआर जाँचकालागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईने उनले बताए ।