• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
अफवाह फैलाएको आरोपमा दिवाकर पक्राउ

राजविराज, ९ वैशाख । शान्ति सुरक्षा र प्रहरीको छविमा आँच आउने गरी झुठो अफवाह फैलाएको अभियोगमा सप्तरी प्रहरीले एक जना पक्राउ गरेको छ ।
राजविराज नगरपालिका–४ निवासी २६ वर्षीय दिवाकर कुमार साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । खडक नगरपालिका वडा नम्वर–६ बीरपुरकी ६५ वर्षीया महिलाको मृत्यु भएको विषयमा दिवाकरले सामाजिक सञ्जाल फेसबुक लाइभ मार्फत प्रहरीले कुटपीट गर्दा उनको मृत्यु भएको भनी झुठो अफवाह फैलाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् ।
उनका अनुसार राजविराज नगरपालिका वडा नम्वर–७ कुनौली मोडबाट उनलाई प्रहरीले पक्राउ गरिएको छ । नियन्त्रणमा लिएर म्याद थप गराई अनुसन्धान कार्य अगाडि बढाएको छ । विगतमा दिवाकर विभिन्न मिडियाहरुमा कार्यरत रहे पनि हाल सामाजिक सञ्जालमा सक्रिय रहँदै आएका थिए । केही समययता उनी सामाजिक सञ्जाल फेसबुक मार्फत विभिन्न विषयहरु उठाउँदै आएका थिए ।