• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

उदयपुरका थप ८ जनामा कोरोना पोजेटिभ रहेको आशंका, थप परीक्षणकालागि धरान पठाइयो

उदयपुरका थप ८ जनामा कोरोना पोजेटिभ रहेको आशंका, थप परीक्षणकालागि धरान पठाइयो

राजविराज, ०९ वैशाख । उदयपुरमा थप ८ जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ रहेको आशंका गरिएको छ । त्रियुगा नगरपालिका–३ भुल्केमा गत शुक्रवार एकसाथ १२ जनामा कोरोना संक्रमण देखिएपछि शनिबार ६९ जनाको स्वाब संकलन गरी विराटनगर पठाइएको थियो ।
५३ परिवारका ६० जना, जिल्ला स्वास्थ्य प्रमुख, उनका सवारी चालक, २ जना स्वास्थ्य कर्मचारी तथा ५ जना सुरक्षाकर्मीको स्वाब संकलन गरी विराटनगरस्थित कोसी अस्पताल पठाइएको थियो । जसमा ८ जनामा कोरोना पोजेटिभ रहेको आशंकामा उनीहरुलाई थप परीक्षणका लागि धरान पठाइएको जनाएको छ ।