• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तकोसीमा ९६ जनाको आरडिटी परीक्षण रिपोर्ट नेगेटिभ

सप्तकोसीमा ९६ जनाको आरडिटी परीक्षण रिपोर्ट नेगेटिभ

शिव प्रसाद आचार्य / सप्तकोसी, ०७ वैशाख । सप्तरीको सप्तकोसी नगरपालिका अन्तर्गतका मस्जिद तथा आसपासका स्थानियहरुको आइतबार कोरोना संक्रमणको आशंकामा आरडिटी परिक्षण गरिएको छ ।
आइतबार वडा नम्वर २ मा ४ महिला सहित ६५ जना र वडा न ४ मा ५ महिला सहित ३१ जनाको आरडिटी परीक्षण गरिएको जिल्ला जनस्वास्थ्य प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । परिक्षणमा सबैको टेस्ट रिपोर्ट नेगेटिभ रहेको यादवले बताए । आरडिटी परीक्षण पश्चात् सप्तकोसी नगरपालिका भित्र कोरोना सन्त्रास केही हदसम्म अन्त भएको छ ।
उदयपुरको बोक्सेमा रहेका मुस्लिम जमातीमा कोरोना पोजेटिभ देखिएपछि उनिहरु पहिले बसोबास भएको सप्तकोसी नगरपालिका वडा न १,२ र ४ का मस्जिद लगाएत त्यस वरिपरि रहेका स्थानीयको आरडिटी परिक्षण गरिएको सप्तकोसी नगरपालिका का प्रमुख उत्तम कुमार गौतमले जानकारी दिएका छन् । उनका अनुसार आइतबार समेत गरि कुल १ सय ८० जनाको आरडिटी परीक्षण गरिएको र त्यस मध्य वडा नम्वर १ का एक ७१ बर्षिय पुरुष मा पोजेटिभ देखिएको छ ।
परीक्षण का क्रममा आइतबार सप्तकोसी नगरपालिकाका प्रमुख गौम, वडा न ४ का वडा अध्यक्ष बद्रीनारायण चौधरी , राजनिती दलका प्रतिनिधि र स्थानीय पत्रकार समेतको समेत आरडिटी परीक्षण गरिएको छ ।