• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीमा थप एक जनाको आरडिटी पोजेटिभ

राजविराज, ०६ वैशाख । सप्तरीमा शनिवार थप एक जनामा रयापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) रिपोर्ट पोजेटिभ देखिएको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका अनुसार सप्तकोशी नगरपालिका वडा नम्वर १ फत्तेपुरका ७१ वर्षीय वृद्धमा आरडिटी पोजेटिभ देखिएको हो । उनीसहित पत्नी र छोरा समेतलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको छ । तत्काल आइसोलेसनमा राखेर आइतवार विहानै स्वाब संकलन गरी पिसीआर विधिबाट परीक्षणलकागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भई रहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् ।
वडा नम्वर १ र ४ गरी मस्जिद आसपास बसोवास रहेका ७५ जनाको आरडिटी गरिएको छ । जसमा अन्य ७४ जनाको आरडिटी नेगेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बताए ।
सप्तरीमा यसअघि पनि दुई जनामा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको थियो । दुवै जनाको पिसीआर रिपोर्ट भने नेगेटिभ आएको थियो ।

तस्विरः शिवप्रसाद आचार्य /फत्तेपुर