• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सडकमा पैसा फाल्ने दुई महिला पक्राउ, एकको आरडिटी रिपोर्टमा कोरोना पोजेटिभ

सडकमा पैसा फाल्ने दुई महिला पक्राउ, एकको आरडिटी रिपोर्टमा कोरोना पोजेटिभ

राजविराज, ६ वैशाख । जनकपुरधाम उपमहानगरपालिका–५ महावीर चौकको सडकमा पैसा फालेर भागेकी दुई महिलालाई शनिवार प्रहरीले पक्राउ गरेको छ ।
धनुषा प्रहरीले सीसीटीभी फुटेजको आधारमा जनकपुरधामको जानकी नगरबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जना जनकपुरधाम उपमहानगरपालिका–७ निवासी मुस्लिम महिला आमुना खातुन र अलिना खातुन रहेको प्रहरीले जनाईएको छ । पक्राउ परेका उनीहरु नन्द–भाउजु रहेको खुलेको छ ।
जनकपुरधामको जानकी नगरस्थित मदरसाको पछाडिबाट उनीहरूलाई सिसी टिभी क्यामेराको फुटेजबाट पक्राउ गरिएको थियो । उनीहरु मुख छोपेर आएकी महिलाहरुले शुक्रबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका–५ महावीर चोकको सडकको विभिन्न स्थानहरुमा कागजको नोट फालेका थिए । सडकमा नोट फालिएको विषयमा प्रहरीलाई स्थानीयवासिन्दाले सूचना दिएका थिए ।
एक महिलाको आरडिटी रिर्पोट पोजेटिभ
पक्राउ परेकी दुई महिलामध्ये एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । कोरोना भाइरस संक्रमणको संत्रासकाबीच पैसा फालेर फरार भएको भनिएको महिललाई नियन्त्रणमा लिई प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परीक्षणमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको अस्पताल स्रोतले जनाएको छ । उनीहरु दुबैजनाको अहिले पिसिआर टेस्ट भइरहको बताइएको छ ।
शुक्रवार दिउँसो महावीर चोकमा पैसा फालेर फरार भएको भन्दै सिसिटिभी फुटेजको आधारमा जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगरकी आमुना खातुन र अलिना खातुनलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरे लगतै कोरोना संक्रमण परिक्षणकालागि दुबै जनालाई आरडिटी परिक्षणकालागि प्रादेशिक अस्पताल पठाइएको डिएसपी रामेश्वर कार्कीले जानकारी दिए ।