• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राष्ट्रिय सभा सदस्य सिंहद्वारा सरकारलाई ध्यानाकर्षण–पत्र

राष्ट्रिय सभा सदस्य सिंहद्वारा सरकारलाई ध्यानाकर्षण–पत्र

राजविराज, ५ वैशाख । निरन्तरको लकडाउनका कारण काठमाण्डौ लगायत विभिन्न ठाउँमा फँसेका मजदुरहरुको कन्तविजोग रहेको भन्दै राष्ट्रिय सभा सदस्य शेखर कुमार सिंहले सभा अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रवार उनले सभामुखलाई ध्यानाकर्षण–पत्र पठाउँदै सरकारको ध्यानाकर्षण गराएका हुन् । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको कारण अहिले नेपालसमेत नराम्ररी प्रभावितभएको अवस्था छ । विभिन्न ठाउँबाट स–साना बच्चा बोकेर पैदल आफ्नो घरतिर भोकैप्यासै गईरहेको दृश्यले मर्माहत तुल्याएको सिंहद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
‘कोरोना भाइरसका कारण भएको लकडाउनले मुलुक अत्यन्तै प्रभावित भएको छ, काठमाण्डौबाट आफ्नो घरतिर पैदल गईरहेको वा जाने व्यक्ति÷मजदुर अझैं पनि हजारौंको संख्यामा रहेको हुँदा उनीहरुलाई घर जाने ब्यवस्था नेपाल सरकारले यथाशिघ्र मिलाउनुपर्ने आवश्यकता रहेको छ’ अगाडि भनिएको छ ‘काठमाण्डौमा रहनु भएका सप्तरीसहितप्रदेश नम्बर २ का सबै जिल्लाका व्यक्ति तथा मजदुरहरुलाई सम्बन्धित पालिकाहरुसँग समन्वय गरी पालिकाकै खर्चमा घर जानकालागि नेपाल सरकारले ब्यवस्थागर्नुपर्ने, पालिकापुगिसकेपछि तीब्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्नुपर्ने भए राख्ने ब्यवस्था मिलाउनु अति आवश्यक भएको हुँदा तत्कालै पहल गर्नुहुन जोडदार माग गर्दछु ।’ काठमाण्डौ उपत्यकामा रहेका व्यक्तिहरु कोभिड १९ भन्दा पनि भोकमरीबाट मर्ने अवस्था उत्पन्न भएको हुँदा घर पठाउन नसकिएको खण्डमा सम्पूर्ण ब्यक्ति तथा मजदुरहरुलाई टुँडिखेलमा खाने र बस्ने सुविधासहितको सेफ हाउस बनाई राख्न राष्ट्रिय सभा सदस्य सिंहले माग गरेका छन् ।