राजविराज, ४ वैशाख । सप्तरी जिल्लामा हालसम्म कोरोना भाइरस कोभिड १९ को आशंकामा १ सय ८८ जनाको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) गरिएको छ ।
स्वास्थ्य कार्यालय सप्तरीले दिएको जानकारी अनुसार गजेन्द्रनारायण सिंह अस्पताल र स्वास्थ्य कार्यालयमार्फत विहीबार बेलुकीसम्म जाँच गरिएकाहरुमध्ये २ जनामा कोरोना पोजेटिभ पाईएको थियो । उक्त दुवै जनाको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वाब सङ्कलन गरी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएकोमा पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो ।
र्यापिड डाइग्नोस्टिक टेष्टसँगै १८ जनाको मलेरिया टेष्ट समेत गरिएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । हालसम्म कञ्चनरुप नगरपालिकामा ३२ जना, अग्नीसाइर कृष्णासवरण गाउँपालिकामा १८ जना, महदेवा गाउँपालिकामा ६ जना, हनुमाननगर कंकालिनी नगरपालिकामा २१ जना, तिलाठी कोइलाडी गाउँपालिकामा ५ जना, बोदेवर्साइन नगरपालिकामा १० जना, बलान बिहुल गाउँपालिकामा १३ जना, खडग नगरपालिकामा १८ जनाको र्यापिड डाइग्नोस्टिक टेष्ट गरिएको छ । यसैगरी डाक्नेश्वरी नगरपालिकामा २ जना, राजगढ गाउँपालिकामा २ जना, छिन्नमस्ता गाउँपालिकामा ४ जना, राजविराज नगरपालिकाको मलेठमा २३ जनाको र्यापिड डाइग्नोस्टिक टेष्ट गरिएको छ ।
यसैगरी राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा चैत्र २० गते ९ जना र २१ गते १ जना, वैशाख २ गते ८ जना ३ गते एक जना समेत गरी १८ जनाको स्वाब परीक्षण गरिएको छ । ती सबैको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकोे छ । हालसम्म अस्पतालको आइसोलेसनमा ४ जनालाई राखिएको छ ।
राष्ट्रिय
सप्तरीमा १ सय ८८ जनाको र्यापिड डाइग्नोस्टिक टेष्ट
दुई बाहेक सबै नेगेटिभ