राजविराज, २ वैशाख । कोरोना भाइरसको उच्च जोखिममा रहेका स्वास्थ्यकर्मीहरुकालागि राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताललाई व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराएका छन् ।
उनले मङ्गलवार अस्पताल पुगेर पिपिई ६ थान, एक हजार थान सर्जिकल मास्क र २० लिटर सेनिटाइजर उपलब्ध गराएका हुन् । राष्ट्रिय सभा सदस्य प्याकुरेलले अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासलाई उक्त सामग्रीहरु हस्तान्तरण गर्दै राष्ट्रिय विपतिको अवस्थामा उच्च मनोबलका साथ काम गर्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेको वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. रणजित कुमार झाले जानकारी दिएका छन् ।
यसैगरी सप्तरीकै छिन्नमस्ता गाउँपालिकाको स्वास्थ्य शाखामा समेत राष्ट्रिय सभा सदस्य प्याकुरेलले सर्जिकल मास्क एक हजार थान र सेनिटाइजर समेत उपलब्ध गराएका छन् । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नम्वर २ को सचिव समेत हुन् ।