राजविराज, ०२ वैशाख । सरकारले वन्दाबन्दी (लकडाउन)को अवधि वैशाख १५ गतेसम्मका लागि लम्ब्याएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले कोरोनाभाइरस संक्रमणको रोकथामका लागि लकडाउन बढाउने निर्णय गरेको हो । मन्त्रीपरिषद्ले यसअघि लकडाउनको लागि थपेको म्याद बुधबार, बैशाख ३ गते सकिदैछ ।