• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

अग्निसाईर कृष्णासवरन गाउँपालिकाको आकस्मिक कोषमा थप कोष

अग्निसाईर कृष्णासवरन गाउँपालिकाको आकस्मिक कोषमा थप कोष

बृजमान तामाङ
बिरेन्द्र बजार, ३० चैत । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकाको आकस्मिक कोषमा आईतवार दुई जनाले २ लाख ६ हजार जम्मा गरेको छ ।
सोही गाउँपालिकाका वडा नम्बर ४ को अध्यक्ष तेज नारायण यादव(महेश)र महुली लघुबित्त बित्तीय संस्थाले छुट्टाछुट्टै सहयोग गरेको हो । वडा अध्यक्ष यादव र महुली लघुबित्तका अध्यक्ष प्रभु नारायण चौधरीले गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीलाई चेक हस्तान्तरण गरेका छन् । वडा अध्यक्ष यादवले एक लाख ५ हजार र महुली लघुबित्तका निर्देशक चौधरीले एक लाख एक हजारको चेक प्रदान गरेका छन ।
बिश्वब्यापी फैलिएको कोरोना भाईरसका कारण लकडाउन लम्बिएकोले प्रभावितहरुलाई थोरै राहात सहयोग गरेको वडा अध्यक्ष यादवले बताए । लकडाउनका कारण दैनिक ज्यालादारी गर्नेहरुको अबस्था दिनप्रतिदिन कठिन बन्दै गएकोले गाउँपालिकाले बाँड्दै गरेको राहतमा थप सहयोगका लागि चेक प्रदान गरेको महुली लगुबित्तले जनाएको छ ।
गाउँपालिकाले नोभेल कोरोना भाईरस( कोभिड(१९) को जोखिम बढेसंगै ६० लाखको आकास्मिक कोष खडा गरेको छ । माछापुच्छ्रे बैंक महुली शाखामा ९०(०१५२४(७३३५२८० खाता नम्बरमा संघीय र प्रदेश सरकार तथा विभिन्न ब्याक्ती, संघसंस्थाद्वारा सहयोग जारी रहेको प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र प्रसाद यादले जानकारी दिए ।
यसैबीच राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले आइतबार स्वास्थ्यकर्मीहरुका लागि एक हजार माक्स, ५ लि स्यानिटाईजर र एक सेट टिटि गाउँपालिकालाई प्रदान गरेको जनाएको छ । गाउँपालिकाद्वारा प्रती परिवार चामाल १५ किलो, दाल २ किलो, नुन १ किलो र तेल १ लिटर राहत प्रदान गरिरहेका छ्न ।