बृजमान तामाङ
बिरेन्द्र बजार, २७ चैत । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकाले लकडाउन प्रभावितहरुलाई राहत बितरण गरेको छ ।
कोरोना भाईरसबाट सुरक्षित रहन सरकारले गरेको लकडाउन प्रभावित अतिबिपन्न परिवारको पहिचान गरि बिहिवारदेखि राहत वितरण गर्न शुरु गरेको हो । गाउँपालिकाले लक्षित समूह पहिचान तथा राहत बितरण समिति मार्फत विभिन्न वडाबाट राहत वितरण कार्य थालेको छ । गाउँपालिकाले विभिन्न वडाबाट सिफारिस गरि पठाइएका ३५ सय भन्दा बढी परिवारलाई राहात बितरण गर्ने योजना बनाएको जनाएको छ ।
गाउँपालिकाले वडा १ का ६ सय ५०, वडा २,३ र ४लाई प्रतिवडा ६ सय, वडा ५ लाई ६ सय ६५ र वडा नम्बर ६ का ४ सय अति विपन्न परिवारलाई राहात प्रदान गरिने गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीले बताए । गाउँपालिकाद्वारा प्रति परिवार चामाल १५ किलो, दाल २ किलो, तेल १ लिटरको दरले प्रदान गरेको वडा नम्बर ३ का अध्यक्ष अरुण चौधरी बताए । उनले पहिलो प्रथामिकतामा द्लित समुदायलाई राखीको समेत जानकारी दिए । समितिले बाँडेको राहत लक्षित समुह पहिचान गरि बितरण भए–नभएको बारे गाउँपालिकाले कडा निगारानी बढाएको छ ।
गाउँपालिका अध्यक्ष र उपाध्यक्ष मिना चौधरी निरन्तर राहत वितरणबारे स्थलगत निरीक्षण गरिरहेका छ्न । कतिपय वडामा नेपाल सरकारको कार्यविधिलाई मिचेर राहत बितरण गरेको पाईएको उपाध्यक्ष मिना चौधरीले बताईन् ।
बढी भिडभाड गर्ने, सर्वदलीय सर्वपक्षीय समिति गठन नगरी र समितिका पदाधिकारीको उपस्थिति बिनै राहत बाँड्ने गरेको पाईएकाले कार्यविधीलाई कार्यान्वयन र पालना गर्न सुझाव दिएको उनले बताईन । गाउँपालिकाले लकडाउनको समयमा कोही भोकै बस्न नपरोस् भनी ६० लाखको राहात कोष खडा गरेको छ । संघीय र प्रदेश सरकारबाट प्राप्त बजेट समेतलाई सोही कोषमा राखेको छ । गाउँपालिकामा विभिन्न संघसंस्था र ब्यक्तिले समेत राहत वितरण गर्दै आएका छन् ।