• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

एनएमबि बैंकद्वारा प्रदेश सरकारलाई सय थान पीपीई

एनएमबि बैंकद्वारा प्रदेश सरकारलाई सय थान पीपीई

जनकपुरधाम, २६ चैत्र । कोरोना महामारी विरुद्धको लडाईमा सहयोग पु¥याउने उद्देश्यकासाथ एनएमबी बैंकले प्रदेश सरकारलाई एक सय थान पिपिई हस्तान्तरण गरेको छ ।
वर्तमान अवस्थामा पिपिई अति आवश्यक रहेकोले एनएमबी बैंकका निक्षेप प्रबन्धक मिथिलेश कुमार झा सहितको टोलीले बुधबार विहान मुख्यमन्त्री लालबाबु राउतलाई मुख्यमन्त्री निवासमा हस्तान्तरण गरेका छन । कार्यक्रममा सामाजिक विकास मन्त्री नवल किशोर साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, चिकित्सकीय सल्लाहकार समूहका डा. राम केवल साह सहितको उपस्थिति थियो ।
एनएमबी बैंकले उपलब्ध गराएको सामग्रीहरुमा एक सय थान गुणस्तरीय पिपिई, जुत्ता, मास्क, सेनिटाइजर सहितको एक सय सेट रहेको छ ।