• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

गजेन्द्रनारायण सिंह अस्पतालमा थप तयारीः १५ शैय्याको आइसोलेसन

गजेन्द्रनारायण सिंह अस्पतालमा थप तयारीः १५ शैय्याको आइसोलेसन

राजविराज, २५ चैत्र । खुल्ला सिमानाका कारण भारतको विभिन्न स्थानहरुबाट लुकिछिपी भित्रिनेहरुको संख्या बढेसँगै राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालले पूर्व तयारी थालेको छ ।
अस्पतालले आइसोलेसन थप्नुका साथै अस्थायी फिभर क्लिनिक क्याम्प सञ्चालन गर्न लागेको छ । हाल अस्पतालमा ६ बेडको आइसोलेशन वाड रहेकोमा त्यसलाई थप गर्दै १५ बेडको व्यवस्थापन गर्न लागिएको छ । यसैगरी क्वारेन्टाइनहरुमा भारतबाट आएकाहरुको संख्या बढ्दै गएपछि अस्पतालले छुट्टै फिभर क्लिनिककालागि टेन्ट तथा पालको व्यवस्थापन गर्न लागिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् ।
अस्पतालले हालसम्म २ सय ३२ जनाको स्वास्थ्य परीक्षण गरेको छ । जसमध्ये ४५ जनालाई क्वारान्टाइनमा तथा एक जनालाई आइसोलेसनमा राखिएको छ । एक महिलासहित १० जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट निगेटिव आएको छ ।