• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीबाट पठाईएको महिलाको स्वाब परीक्षण निगेटिभ

सप्तरीबाट पठाईएको महिलाको स्वाब परीक्षण निगेटिभ

राजविराज, २४ चैत्र । सप्तरीमा कोरोना भाइरस (कोभिड–१९) को लक्षण देखिएका एक महिलाको स्वाब परीक्षणको रिपोर्ट निगेटिभ आएको छ ।
कञ्चनरुप नगरपालिका निवासी महिलामा कोरोनाको सामान्य लक्षण देखिएपछि शनिवार आइसोलेसनमा भर्ना गरी स्वाब परीक्षण गर्न धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । भारतको राजस्थानबाट दुई साता अघि आएकी ती महिलाको स्वाब परीक्षण रिपोर्ट आएको गजेन्द्रनारायण सिंह अस्पतालका डा. डा. चुमनलाल दासले जानकारी दिएका छन् ।
चालिस वर्षिया महिलालाई राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा भर्ना गरी स्वाब परीक्षणकालागि पठाईएको थियो । उनको रिपोर्ट निगेटिभ आए पनि हाल निगरानीमा रहेको जनाइको छ ।
सप्तरीमा यस अघि विदेशबाट आएका ९ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट निगेटिव आएको थियो । अस्पतालमा सञ्चालित फिभर क्लिनिकमा सोमवारसम्म एक सय ३० पुरुष र ९८ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा ४५ जनालाई क्वारेन्टाइन, ३६ जना होम क्वारेन्टाइन र पालिकाहरुमा स्थापना गरिएको क्वारेन्टाइनमा १४ जनालाई पठाईएको मेडिकल सुपरिन्टेन्डेन्ट डा. दासले जानकारी दिएका छन् ।