• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
लम्बियो लकडाउन, अब वैशाख ३ गतेसम्म

काठमाडौँ, २४ चैत्र । नेपाल सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणकालागि घोषणा गरेको लकडाउनको समय बढाएको छ ।
सोमवार बसेको मन्त्री परिषद्को बैठकले लकडाउनको वैशाख ३ गतेसम्मकोलागि थप्ने निर्णय गरेको हो । व्पायक रुपमा सतर्कता अपनाईरहँदा पनि कोरोनाका संक्रमित कम हुनुको साटो बढ्दै गईरहेको सम्भावित जोखिमलाई समेत मध्यनजर गर्दै लकडाउनको समयावधी थपिएको जनाइएको छ ।
नेपाल सरकारले सतर्कता अपनाउँदै चैत्र ११ चैतदेखि १८ सम्म पहिलो पटक लकडाउन घोषणा गरेको थियो । उक्त समयावधीमा कोरोना भाइरसका संक्रमितहरुको संख्या थपिदै गईरहेको पाईए पछि चैत्र २५ गतेसम्मकालागि दोस्रो पटक लकडाउनको समय थपिएको थियो ।
लकडाउनलाई पूर्ण रुपमा पालना गर्न सरकारले सम्पूर्ण नेपाली जनतासँग आग्रह गरेको छ ।