• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

माटोको ढिस्कोले पुरिएर सप्तरीमा दुई बालकको ज्यान गयो

माटोको ढिस्कोले पुरिएर सप्तरीमा दुई बालकको ज्यान गयो

बोधराज सुवेदी
महुली, २४ चैत्र । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्वर ६ स्थित डाँडाघरे मगर टोलमा आइतवार माटोको ढिस्कोले पुरिएर दुुई बालकको ज्यान गएको छ ।
ईलाका प्रहरी कार्यालय महुलीका अनुसार गाउँ नजिकैको जंगलमा खेल्न गएका विर बहादुर मगरका पाँच वर्षिय छोरा निकेश मगर र रोहित खड्काका आठ वर्षिय छोरा सञ्जय खड्काको पहिरो छेउमा खेल्ने क्रममै माटोको ढिस्कोले पुरेपछि घटनास्थलमै मृत्यु भएको हो । मृतक बालकहरुसँगै खेल्न गएका उनका साथीहरुले परिवारजनलाई दिएको सुचनाको आधारमा गाउँलेहरुले खोज्न जाँदा दिउँसो करिव एक बजे उनीहरुलाई माटाले पुरिएको अवस्थामा भेटिएको स्थानिय डिक वहादुर मगरले जानकारी दिए । त्यसपछि स्थानियले ईलाका प्रहरी कार्यालय महुलीलाई घटनाको बारेमा जानकारी गराएका थिए । खवर गरेको केही समय पछि घटनास्थल पुुगेको ईलाका प्रहरी कार्यालय महुली र कञ्चनपुरको प्रहरी टोली, वडा अध्यक्ष लगायतका जनप्र्रतिनिधी र स्थानियहरुको सक्रियतामा ढिस्को पन्छाएर वालकद्धयको शवलाई वाहिर निकालिएको थियो ।
मृतक वालकहरुको शवलाई आवश्यक प्रक्रिया पुर्याएर पोष्टमार्टमकोलागि गाउँपालिकाको एम्बुलेन्समा गजेन्द्र नारायण सिंह अस्पताल राजविराज लगिएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।