• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

जमातबाट फर्केका एक सय छ जना क्वारेन्टाइनमा, कुनमा कति ?

जमातबाट फर्केका एक सय छ जना क्वारेन्टाइनमा, कुनमा कति ?

राजविराज, २३ चैत्र । भारतको विभिन्न स्थानहरुमा आयोजित जमातमा सहभागी भई घर फर्केका सप्तरीका एक सय छ जनालाई क्वारेन्टाइनमा भर्ना गरिएको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार २ सय ५४ जनामध्ये एक सय ६ जना मुस्लिम समुदायका रहेका छन् । उनका अनुसार राजविराज नगरपालिकामा ४२ जना, कञ्चनरुप नगरपालिकामा २२ जना, डाक्नेश्वरी नगरपालिकामा ६ जना, बोदेवर्साइन नगरपालिकामा १२ जना, खडक नगरपालिकामा ७ जना, शम्भुनाथ नगरपालिकामा १ जना रहेका छन् । यसैगरी राजगढ गाउँपालिकामा १ जना, हनुमाननगर कंकालिनी नगरपालिकामा २ जना, अग्नीसाइर कृष्णा सवरण गाउँपालिकामा ४ जना, छिन्नमस्ता गाउँपालिकामा ३ जना, महदेवा गाउँपालिका १ जना र बलान बिहुल गाउँपालिकामा १ जना रहेका छन् । उनीहरुमा हाल कोरोना भाइरसको लक्षण नदेखिए पनि भारतबाट आएका कारण उनीहरुलाई निगरानीमा राखिएको छ ।