• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

 प्रदेश २ मा विज्ञहरुसँगको सल्लाहमा कोरोना नियन्त्रण नीति बनाईदै

 प्रदेश २ मा विज्ञहरुसँगको सल्लाहमा कोरोना नियन्त्रण नीति बनाईदै

जनकपुरधाम, २१ चैत । प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको कोरोना महामारी नियन्त्रण निर्देशक समितिले महामारी नियन्त्रणका लागि आवश्यक नीति निर्माण गर्ने जिम्मा सम्बन्धित विज्ञहरुलाई दिएको छ ।
निर्देशक समितिले विहीबार मात्र गठन गरेको स्वास्थ्य सल्लाहकार समितिसँगको बैठकमा मुख्यमन्त्री राउतले महामारी नियन्त्रणको लागि सरकारले गर्नु पर्ने कार्यहरुको तथ्यगत सूची सहितको नीति निर्माण गर्ने जिम्मेवारी दिएका छन् । उनले सल्लाहकार समितिलाई सम्बन्धित विज्ञहरुसँगको सल्लाहमा नीति बनाएर प्रदेश सरकारलाई यथाशिघ्र उपलब्ध गराउन आग्रह गरेका छन् ।
बैठकमा मुख्यमन्त्रीको नेतृत्वमा रहेको निर्देशक समिति, प्रमुख सचिवको नेतृत्वमा रहेको कार्यकारी समिति र स्वास्थ्य सल्लाहकार समितिका सदस्यहरुको उपस्थिति रहेको थियो । सल्लाहकार समितिमा डा. राम केवल साह, डा. सुरेन्द्र यादव, डा. प्रविण मिश्र, डा.काशिकान्त झा, डा. विजय कुमार सिंह, डा. गरिब दास ठाकृुर, डा. जेके लाल रहेका छन् । सल्लाहकार समितिले शुक्रवारैदेखि कार्य प्रारम्भ गरेर यथाशिघ्र आफ्ना सुझावहरु सरकारलाई बुझाउने डा. राम केवल साहले जानकारी दिएका छन् ।