राजविराज, १० चैत्र । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर १ तिलाठीस्थित वेल्ही नाकामा भारतको मुम्बई लगायतका स्थानबाट आएका ६ जना नेपाली नागरिक विहानैदेखि अलपत्र परेका छन ।
अलपत्र पर्नेमा छिन्मस्ता गाउँपालिकाका २८ वर्षीय संजीवकुमार महतो, उनकी वहिनी २३ वर्षीया सुजीताकुमारी महतो, राजविराज नगरपालिका वडा नं. ७ का २० वर्षीय रजत गुप्ता र २२ वर्षीया पुजा गुप्ता, राजविराजकै ५५ वर्षीय विनोदकुमार साह र सोही ठाउँकी ४५ वर्षीया गिता सोनी रहेका छन ।
महतो दाजुबहिनी मुम्बइस्थित काण्डिबलीबाट उपचार गराएर एक महिनापछि नेपाल फर्केका छन । यसैगरी पञ्जावमा अध्ययनरत रहेका रजत र पुजा भारतमा भाइरसको संक्रमण देखिएपछि घर फर्केका छन । साह र सोनी विहार राज्यस्थित सहर्षाबाट फर्किएको नाकास्थित हेल्थ डेक्सका सिएमए उमेश मण्डलले जानकारी दिनु भएको छ ।
सवै जनाको विषयमा माथि रिपोर्ट गरिएको तथा त्यहाँबाट हालसम्म के गर्ने विषयमा जवाफ आएकाले उहाँलाई सडकमै राखेको सिएमए मण्डडले बताउँनुभयो । उता, जिल्ला प्रहरी कार्यालयका एसपी कृष्णा प्रसाईंले भर्खरै मात्रै सुरक्षा समितिको सर्वदलिय बैठक सकिएको जानकारी गराउँनुु हुँदै बाहिरबाट आउनेहरुलाई सम्वन्धित पालिकाले व्यवस्था गर्ने निणर्य भएको बताउनु भयो ।
तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले बाहिरबाट आउने व्यक्तिहरुलाई राख्नकालागि वडा नम्वर ७ स्थित कट्टीस्कुलमा १५ शैय्याको क्वारेन्टाइन कक्ष तयार गर्न लागिएको बताउनु भयो ।