• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

काठमाण्डौमा एक युवतीमा कोरोना पोजिटिभ भएको पुष्टि

काठमाण्डौमा एक युवतीमा कोरोना पोजिटिभ भएको पुष्टि

राजविराज, १० चैत्र । नेपालमा नोबेल कोरोना भाईरस (कोभिड १९) बाट संक्रमित विरामी फेला परेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
नेपाल सरकारका स्वास्थ्य मन्त्री भानुभक्त ढकालले एक पत्रकार सम्मेलन गरी उक्त विषयमा जानकारी दिएका हुन् । संक्रमित व्यक्ति अध्ययनको सिलसिलामा फ्रान्स गएर हालैमात्रै काठमाडौं आएकी १९ बर्षिया युवती छन् । फ्रान्सबाट फर्केर होम आइसुलेसनमा रहेकी उनलाई उपचारको क्रममा आवश्यक इन्भेस्टिगेशन हुँदा उनमा कोरोना भाईरस पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बताएका छन् । संक्रमित युवतीको बाँकी परिचय गोप्य राखिएको छ । युवतीलाई आइतवार साँझबाट नै क्वारेन्टाइनमा पठाइएको छ भने उनका परिवारलाई पनि आसोलेसनमा राखिएकोे छ ।
स्वास्थ्य मन्त्रीका अनुसार यस अघि पनि एक जनामा यो संक्रमण देखिएको र हप्तादिनमा नेगेटिभ आएको थियो । जसरी पहिला पनि एक जनामा देखिएको संक्रमण एक हप्तामा ठिक भयो, अहिले देखिएको पनि चाँडै नै ठिक हुन्छ भन्ने आशा गरौं मन्त्री ढकालले भने । अबको समयमा अझै बढी लकडाउनको साथ रहौं । बढीभन्दा बढी जनचेतना फैलाउन र हरप्रकारको सावधानी अपनाउन मन्त्री ढकालले पत्रकार सम्मेलनमा सबैसँग अनुरोध गरे ।
स्वास्थ्य मन्त्रालयको यो पत्रकारसम्मेलनसँगै नेपालमा कोरोना भाइरसका संक्रमित भएको आशंकामा सरकारले सत्यतथ्य लुकायो भन्ने आरोप खेप्नुपरिरहेको सरकारलाई सफाई मिलेको छ । रुपन्देहीको एक किशोरमा पनि कोरोनाको आशंका भएको तर सम्बन्धित अस्पतालहरुले निकै नेक्लिजेन्स गरेको भन्ने समाचारहरु पनि आइरहेको छ ।
संक्रमणको आधिकारिक पुष्टि नहुञ्जेल पनि संत्रासमा रहेका जनतालाई अझै बढी भय बढेको छ । यस्तो अवस्थामा कोरोनाको प्रतिकार गर्न सबैतिरबाट सबै प्रकारका उपायहरु सबै नागरिकबाट र सबै संघसंस्था एवं निकायहरुबाट गर्न गराउन विशेष जरुरी देखिएको छ ।