• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

गणिनाथ गोविन्द मन्दिरमा विधिवत मूर्ति स्थापना

गणिनाथ गोविन्द मन्दिरमा विधिवत मूर्ति स्थापना

राजविराज, १६ फागुन । सप्तरीको राजविराज नगरपालिका वडा नम्वर–६ स्थित थानगाछीमा शुक्रवार गोबिन्द गणिनाथ मन्दिरमा विधिवत मूर्ति स्थापना गरिएको छ ।
थानगाछी डिहबार थानको छेउमा स्थापित भब्य मन्दिर मन्दिरमा बाबा गणिनाथ, गोबिन्द, माइ खेमा सती एवम् हनुमानजीको प्रतिमा स्थापित गरी प्राण प्रतिष्ठा यज्ञ सम्पन्न गरिएको हो । यसअघि गणिनाथ गोबिन्द सेवा समितिद्वारा वृहत कलशयात्रा समेत आयोजना गरिएको थियो ।
विभिन्न १७ जातजातीको कुलदेवता रहेको गणिनाथ मन्दिर निर्माणमा विभिन्न व्यक्ति एवम् संस्थाको सहयोग रहेको हलुवाई समाज नेपालका निवर्तमान केन्द्रिय अध्यक्ष शिवनारायण साहले जानकारी दिएका छन् । उनका अनुसार हलुवाई समाज नेपालका अध्यक्ष शत्रुधन साह उपाध्यक्ष शिवजी साह, सल्लाहकार रेशमलाल साह, पुर्व महासचिव महेश साह, पूर्व सिंचाई मन्त्री उमेश कुमार यादव, पुर्व सांसद सकलदेव सुतिहार, प्याब्सनका केन्द्रिय उपाध्यक्ष अनिल झा लगायतका व्यक्तिहरुको विशेष योगदान रहेको छ ।