• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

ग्लोबल सहकारीको खुद मुनाफा २२ लाख ८३ हजार

ग्लोबल सहकारीको खुद मुनाफा २२ लाख ८३ हजार

राजविराज, २५ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य एवं राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेलले महिला सशक्तीकरणका क्षेत्रमा सहकारी संस्थाहरुको पनि महत्वपूर्ण भुमिका हुनसक्ने भन्दै महिलाहरुलाई सहभागी गराएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
ग्लोबल सहकारी संस्था राजविराजको १९ औं साधारणसभालाई प्रमुख अतिथीको आसनबाट शुक्रवार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘संस्थाद्वारा सञ्चालित विभिन्न कार्यक्रममा महिलाको उल्लेखनीय सहभागिता र आज यहाँ देखिएको महिलाहरुको सहभागिता धेरै उत्साहजनक छ’ उनले भने–‘महिला सशक्तीकरणका लागि यस्तो कार्य सराहनीय छ ।’
संस्थाका अध्यक्ष सुखराम यादवले सहकारीका सबै सदस्यहरु परोपकार तथा समाजसेवातर्फ समर्पित भएका कारणले मात्र सफलता मिल्दै गरेको बताए । उनले २०५७ साल पुस २ गते १ सय ११ जना सदस्यको ५÷५ हजार शेयर पुँजीबाट संचालन गरिएको उक्त संस्थामा विभिन्न १ हजार १ सय समूहमार्फत अहिले ४० हजार शेयर सदस्य पुगेको जानकारी पनि दिए । जसमध्ये ९० प्रतिशत महिला शेयर सदस्य नै रहेको उनको भनाई थियो ।
समाजसेवा तथा परोपकारको मूल उद्देश्य बोकेको उक्त संस्थाले विगत १९ वर्षदेखी शिक्षा, स्वास्थ्य, आर्य आर्जन तथा स्वरोजगारतर्फ विशेष कार्यक्रम लागु गर्दै आएको संस्थाका कार्यक्रम प्रवद्र्धक पंकज पोखरेलले बताए । आफ्ना सदस्यहरुलाई स्वरोजगारका लागि सीप विकास र आय आर्जनमूलक तालिम दिनुका साथै साधारण, हायर परचेज, लघुबित्त, बैदेशिक र शैक्षिक कर्जा उपलब्ध गराउँदै आएको संस्थाले यस वर्ष ४४ करोड ४९ लाख २३ हजार ३ सय ९० रुँपैयाको कारोबार गरि २२ लाख ८३ हजार २ सय ८२ रुँपैया खुद मुनाफा गर्न सफल भएको साधारण सभामा प्रस्तुत वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
सहकारी संस्थाका कार्यक्रम प्रवद्र्धक पंकज पोखरेलद्वारा सञ्चालन गरिएको उद्घाटन समारोहमा गैर सरकारी संस्था महासंघका केन्द्रिय उपाध्यक्ष ध्रुव प्रसाद देव, नेपाल रेडक्रस सोशाइटी शाखा सप्तरीका अध्यक्ष जोगेन्द्र भगत, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा, प्रेस काउन्सीलका पूर्वसदस्य मूरली प्रसाद यादवलगायतले पनि शुभकामना दिएका थिए ।
साधारणसभाको आयोजना पूर्व संस्था आवद्ध सदस्यहरु समेतको सहभागीतामा राजविराजमा ¥याली निकालिएको थियो । सोही कार्यक्रममा सहकारी संस्थाले विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वहरुलाई सम्मान समेत गरेको छ । सम्मानित हुनेहरुमा पत्रकारिता क्षेत्रबाट अवधेशकुमार झा, स्वास्थ्य क्षेत्रबाट डा.रञ्जितकुमार झा र समाज सेविका तर्फबाट जोगेन्द्र भगत लगायत रहेका छन् ।