राजविराज, १४ पुस । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्वर ४ स्थित मधुपट्टिमा सोमवार विहान आगलागी हुँदा ३वटा घर जलेर ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ भने आगो निभाउने क्रममा एक महिला घाइते भएकी छिन् ।
आगो ताप्न बालेको आगो सल्केर आगलागी भएको हो । आगलागीबाट फतुरी रामको ४ वटा घर जलेर पूर्णमा रुपमा खरानी भएको छ । रामको मात्रै ५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । रामको घरमा रहेको अन्नपात, लत्ताकपडा तथा समान पुर्ण रुपमा जलेको जनाएको छ ।
आगो निभाउने क्रममा सोही ठाउँकी ईश्वरीदेवी राम जलेर समान्य घाइते भएकी छिन् । यसैगरी, हरेराम रामको १ वटा घर तथा र घरभित्र रहेको अन्नपात लत्ता कपडासहितका सरसमान जलेर ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।