• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा अझैं रोकिएन जङ्गली हात्ती आतङ्क

एक रातमै १९ वटा भत्काउँदा लाखौंको क्षति
सप्तरीमा अझैं रोकिएन जङ्गली हात्ती आतङ्क

राजविराज, १४ पुस । सप्तरीमा कोशी टप्पु वन्यजन्तु आरक्षका जङ्गली हात्तीको आतंक अझै रोकिएको छैन् । दिनहुँजसो वस्तीमा पसेर हात्तीले स्थानीयवासिन्दालाई त्रसित बनाउँदै आएको छ भने लाखौंको धनमाल क्षति गर्दै आएको छ ।
पछिल्लो पटक हात्तीले आइतवार राति खडक र सप्तकोशी नगरपालिकामा मात्रै झण्डै ८ लाख रुपैयाँ बराबरको धनमालको क्षति गरेको छ । प्रहरीले दिएको सोमवार दिएको जानकारीअनुसार वडा नम्वर ४ अमहामा स्थानीयहरुको घर भत्काएर सो मुल्य बराबरको क्षति गरेको हो ।
हात्तीले ऐसा खातुनको घरको पर्खाल भत्काएर घरमा रहेको १२ बोरा चामल खाएको १ लाख २० हजार रुपैयाँ बराबरको क्षति गरेको छ । मखन चौधरीको टिनको छानो र बाँसको टाँटी भएको १ वटा घर पुर्ण रुपमा भत्काएको छ भने विरेन्द्र सदाको टिनको छानो र बाँसको टाँटी भएको १ वटा घरको टाटी भत्काएको छ ।
हात्तीले चौधरीको १ लाख रुपैयाँ बराबरको क्षति गरेको छ । यसैगरी, सदाको २० हजार रुपैयाँको धनमालको क्षति भएको छ । सोही ठाउँका रजिन चौधरीको टिनको छानो र बाँसको टाँटी भएको १ वटा घर भत्काएर २० हजार रुपैयाँको धनमालको क्षति भएको प्रहरीले जनाएको छ ।
यसैगरी, मुखालाल चौधरीको टिनको छनो र बासको टाँटी भएको ३ वटा घरको टाटि भत्काएर १ लाख ) रुपैयाँ, सुखैर चौधरीको घरको टाटी भत्काएर २० हजार रुपैयाँ, लोलाई सदाको १ वटा घरको टाटी भत्काएर २० हजार रुपैयाँ बराबरको धनमाल क्षति गरेको छ ।
हात्तीले सोही ठाउँका मखन चौधरीको २ वटा घरको टाटी भत्काएर ४० हजार रुपैयाँ, ईनरजित सदाको १ वटा दुई तले घरको टाटी भत्काएर २० हजार रुपैयाँ, सिताराम सदाको १ वटा घरको टाटी भत्काएर घरमा रहेको अन्नपात गरी १ लाख ३० हजार रुपैयाँ बराबर क्षति गरेको छ ।
यसैगरी, हात्तीले सुरुज सदाको घरको टाटी भत्काएर २० हजार रुपैयाँ, सुखैर चौधरीको घरको टाँटी भत्काएर २० हजार रुपैयाँको क्षति गरेको प्रहरीले जनाएको छ ।
यसैगरी, सप्तकोशी नगरपालिका वडा नम्वर ९ र ११ मा पनि जङ्गली हात्तीले पु¥याएको छ । वस्तीमा वसेको हात्तीको समूहले वडा नम्वर ९ का भरत यादवको फुसको घरको टाँटी र अन्नपात १० हजार रुपैयाँ, ललन खंगको फुसको घरको टाँटी र अन्नपात गरी ७० हजार रुपैयाँ बराबरको धनमालको क्षति गरेको छ ।
उता, वडा नम्वर ११ मा पनि घर भत्काएर क्षति पु¥याएको छ । स्थानीय सन्तोष कुमार साहको घरको टाँटी र अन्नपात गरी १५ हजार रुपैयाँ, राजेन्द्र प्रसाद साहको घरको टाँटी र अन्नपात गरी २० हजार रुपैयाँ, अशोक प्रसाद साहको घरको टाटी र अन्नपात गरी ३० हजार रुपैयाँ तथा दिनेश सरदारको घरको टाँटी भत्काएर २० हजार रुपैयाँ गरी आइतवार राति मात्रै ७ लाख ९५ हजार रुपैयाँ बराबरको क्षति गरेको प्रहरीले जनाएको छ ।