• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

तराई मधेश राष्ट्रिय परिषद्को उपत्यका तदर्थ समिति गठन

तराई मधेश राष्ट्रिय परिषद्को उपत्यका तदर्थ समिति गठन

राजविराज, १३ पुस । तराई मधेश राष्ट्रिय परिषद्को काठमाडौँ उपत्यका (गैर–भौगोलिक क्षेत्र) भेला सम्पन्न भएको छ ।
प्रमोद कुशवाहाको अध्यक्षतामा आयोजित उद्घाटन समारोह सम्पन्न भई २१ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । उद्घाटन समारोहमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम, पुर्व राजदुत तथा अधिकारकर्मी विजयकान्त कर्ण, सेभ नेवा भ्यालीका अगुवा अभियानकर्ता सुरज महर्जनले शुभकामना मन्तव्य दिदैं सम्पूर्ण उत्पीडित वर्गलाई यसरी नै एकजुट हुनुपर्नेमा जोड दिए ।
कार्यक्रमको सञ्चालन आभास गुरुले गरे भने स्वागत मन्तव्य परिषद्को संयोजक सीएन थारुले गरे ।
बन्द शत्रको अध्यक्षता निर्वाचन प्रमुख सरोज राय तथा सदस्य आनन्द गुप्ता र सुरेन्द्र कर्णले निर्वाचनमा सघाएका छन् । परिषद्को काठमाडौँ उपत्यका तदर्थ समिति प्रमोद कुशवाहा संयोजकत्वमा गठन भएको छ । उक्त समितिमा सह–संयोजक पृथ्वीनारायण साह र चन्दन साह, सचिवमा औरेंजेव अहमद, कोषाध्यक्षमा गौतम राज शर्मा तथा सदस्यमा रामकुमार यादव, शशी भुषण यादव, दिलिप यादव, लक्ष्मी दास, राकेश यादव, अमरनाथ, रामसेवक, कृष्पी जयसवाल, नरेन्द्र यादव, मिथिलेश यादव, साजन सिंह, दिपक यादव, चन्द्र यादव, बिरेन्द्र महतो र रुपेश यादव सर्वसम्मत चयन भएको सामाजिक अभियन्ता सरोज रायले जानकारी दिए ।