• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

सांसद चौधरीलाई रिहाई नगरिए कडा आन्दोलनः मन्त्री साह

सांसद चौधरीलाई रिहाई नगरिए कडा आन्दोलनः मन्त्री साह

बिरेन्द्र बजार, २६ कार्तिक । समाजवादी पार्टीका राजनैतिक समिती सदस्य एवम् प्रदेश नम्बर २ का भुमि ब्याबस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्रतिनिधि सभा सदस्य रेशम चौधरीलाई अविलम्ब रिहाई नगरिए कडा आन्दोलन गर्ने बताएका छन् ।
सप्तरीको जण्डोलमा मङ्गबार आयोजित समाचकेवा महोत्सव २०७६ लाई उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । महोत्सव उद्घाटन गर्दै मन्त्री साहले जनताको मतबाट बिजयी भएको चौधरीलाई हिरासतमा राख्नु थारु समुदायप्रतिको अपमान भएको बताए । सांसद रेशम चौधरी निर्दोष रहेको बताउदै मन्त्री साहले थारु भएकै कारण षड्यन्त्र गरेर बिना अभियोग राज्यले फँसाएको दावी गरे ।
टिकापुर घटना विशुद्ध राजनैतिक भएको जिकिर गर्दै मन्त्री साहले राजनैतिक तरहबाट नै सामाधान खोज्नुपर्नेमा जोड दिए । रेशम चौधरी निर्दोष रहेको दाबी गर्दै समाजवादी पार्टीका नेता समेत रहेका मन्त्री साहले अनुहार र जातको नाममा राज्यबाट भेदभाव कायम राखे मुलुकमा भयावह अवस्था आउने बताए ।
अग्निसाईर कृष्णासवरन गाउँपालिकाका उपाध्यक्ष मिना चौधरीले सम्पुर्ण समुदायको संस्कृति संरक्षणमा गाउँपालिका पूर्ण तत्पर रहेको बताए । पौराणिक चाडको विशेषतालाई उजागर गर्न प्रयास गरेकोमा उनले आयोजकलाई धन्यवाद व्यक्त गरे ।
समाजवादी पार्टीका नेता राम नारायण चौधरी (गुनानन्द) को अध्यक्षतामा आयोजित कार्यक्रममा समाजवादी पार्टीका केन्द्रिय सदस्य महेन्द्र प्रसाद चौधरी, आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ, थारु कल्याणकारी सभाका केन्द्रिय सदस्य दिल कुमारी चौधरी, सावित्री चौधरी, अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तेजनारायण यादव, समाजवादी थारु संघका केन्द्रिय सचिव रामप्रसाद चौधरी, समाजवादी पार्टीका जिल्ला सदस्य विनोद चौधरी, अशोक चौधरी लगायतकाले शुभकामना मनतब्य व्यक्त गरे ।
शिक्षक बिन्तीलाल चौधरी र हृदय नारायण चौधरीद्वारा सञ्चालित कार्यक्रममा स्वागत वडा नम्बर १ का अध्यक्ष सुशील कुमार चौधरीले गरे । कार्यक्रममा थारु समुदायको विभिन्न पोशाक सहित सामाचकेवाको विशेषतासहितको झाँकी तथा गीत तथा नृत्य प्रस्तुत गरिएको छ ।