विरेन्द्र वजार, १० साउन । स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख निरन्जन प्रसाद यादवले सप्तरीलाई देशकै नमुना स्वास्थ्य सेवा दिने जिल्लाको पहिचान बनाउने योजनाका साथ सप्तरीका स्वास्थ्यकर्मीहरु लागिपरेको बताएका छन ।
आईपास नेपालको सहयोग तथा स्वस्थ्य कार्यालय सप्तरीको आयोजनामा सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा शुक्रवार आयोजित एक जिल्ला स्तरीय तालिमको समापन कार्यक्रममा वोल्दै उनले यस्तो बताएका हुन । परिवार नियोजन सम्वन्धि समुदायिक संवाद वैठकका लागि स्वास्थ्य संस्था प्रमुखलाई दुई दिने प्रशिक्षक प्रशिक्षण तालिमले स्वस्थ्य सेवालाई प्रभावकारी वनाउन थप वल पुग्ने उनले विश्वास ब्यक्त गरे । सप्तरी जिल्लामा स्वास्थ्य सेवावाट कोही वञ्चित हुन नपरोस् भनेर स्वास्थ्यकर्मीहरु लागेको भन्दै स्वास्थ्यकर्मीहरुको दक्षता र क्षमतालाई उपयोग गर्दै देशकै नमुना जिल्लाको पहिचान बनाउने योजनाका साथ काम गरिरहेको उनले बताए ।
कार्यक्रममा अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक जगेश्वर खड्गा, पत्रकार वृजमान तामाङ, सहभागी विसहरिया स्वास्थ्य संस्थाका प्रमुख सिनियर अहेव शिवनारायण चौधरी लगायतकाले मन्तव्य व्यक्त गरे । सप्तरीका विभिन्न पालिकाका २० जना स्वास्थ्य संस्था प्रमुख सहभागी दुई दिने तालिमको प्रशिक्षक वाईपास नेपालका कार्यक्रम अधिकृत वरुण कुमार सिंह, स्वास्थ्य कार्यालय सप्तरीका परिवार नियोजन अधिकृत राजेश मिश्रा, पव्लिक हेल्थ नर्स अम्विका ओली, अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर खडगा, वाईपास नेपालका सिर्जना खनालले गरे । स्वास्थ्य सेवाको पहँुच नभएका दलित, मुस्लिम, किशोरकिशोरीहरुलाई समुह बनाएर तालिम दिन प्रशिक्षक तयारी गरी स्वास्थ्यमा सवैको सहभागीता जुटाउने तालिमको उद्देश्य रहेको आयोजकले जनाएको छ ।