• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अग्नीसाईर कृष्णासवरनमा स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा

अग्नीसाईर कृष्णासवरनमा स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा

विरेन्द्र वजार, ८ साउन । अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा वुधवार स्वास्थ्य कार्यक्रम सम्वन्धि दुई दिने वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
अग्नीसाईर कृष्णासवरन गाउँपालिकाद्वारा गाउँपालिकाको सभाहलमा अध्यक्ष पर्शुराम चौधरीको अध्यक्षतामा एक समारोहका विच वाषर््िाक समिक्षा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वोल्दै गाउँपालिका अध्यक्ष चौधरीले स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवा पु¥याएको योगदानको प्रसंशा गरे । गाउँपालिका उपाध्यक्ष मिना चौधरीले स्वास्थ्यकर्मीहरुले संवेनशिल भएर काम गनुपर्नेमा जोड दिईन् । वर्षभरी स्वास्य क्षेत्रमा स्वास्थ्यकर्मीद्वारा गरिएका गतिविधीले आफूलाई सन्तुष्ट पारेको बताउँदै स्वाथ्य क्षेत्रमा हुने सबैखाले आवश्यता गाउँपालिकाले सामधान गर्ने प्रतिवद्धता ब्यक्त गरिन् ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका तथ्याङक अधिकृत छेदी प्रसाद यादवले स्वास्थ्य चौकीले वार्षिक तथ्याङक सही राख्नुपर्नेमा जोड दिए । तथ्याङक गडवड भए योजना गलत बन्ने हुदा स्वास्थ्य क्षेत्रमा असार पर्ने उनको भनाई थियो । अग्नीसाईर कृष्णासवरन गाउपालिका वडा नम्वर ६ का अध्यक्ष कुसुम आचार्यले समिक्षाले प्रगति र कमीकमजोरीलाई सच्याउने अवसर हुने भएकोले सवै विषयगत शाखाहरुले समेत कार्यक्रम राख्नु पर्नेमा जोड दिईन ।
पत्रकार वृजमान तामाङले स्वाथ्यमा भएको समस्या उजागर गर्न सधै तत्पर रहेको बताए । सहभागी सितापुर स्वास्थ्य चौकीका ईन्चार्ज हरि चौधरीले स्वयम्सेविकाहरुको मासिक बैठकमा चियापान खर्च ब्यवस्था गर्न आग्रह गरे । पूर्वधारको अभावले सेवामा समस्या आउने हुँदा स्वाथ्यसेवालाई प्रभावकारी बनाउन कठिनाई हुने गरको बताए ।
अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका स्वास्थ्य संयोजक जागेश्वर खड्गाले संचालन गरेको कार्यक्रममा सह–संयोजक हरिनारायण साहले स्वागत गरे । गाउँपालिकाका सवैवडाका ईन्चार्जद्वारा आ–आफ्नो स्वास्थ्य कार्यक्रम प्रस्तुत तथ्याङ्कको सहजिकरण जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका तथ्याङ्क अधिकृत यादवले सहजिकरण गरे ।