• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
बाराको प्रसौनीमा रक्तदान कार्यक्रम

बारा, १२ मंसिर । कलैया सिटी जेसिज बारा र महालक्ष्मी विकास बैंक लि. शाखा प्रसौनी बाराद्वारा बुधबार रक्तदान कार्यक्रमको आयेजना गरिएको छ ।
कार्यक्रमको कलैया सिटी जेसिज अध्यक्ष धनिलाल साह सोनारको सभापतित्वमा आयोजित कार्यक्रममा महालक्ष्मी विकास बैंक का शाखा प्रबन्धक बिपिन चौधरीकोले रक्तदान गरी कार्यक्रमको उद्घाटन गरे । रक्तदान कार्यक्रममा ३२ जना पुरुषहरुद्वारा रक्तदान गरिएको थियो तथा रक्तदान गर्ने श्रवण साह, राजेश प्रसाद कुशवाहा, दिवाकर गुप्ता, विजय कुशवाहा, राजकुमार, दिपु गुप्ता लगायत रक्तदाताहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
कार्यक्रममा गण्डक प्रहरीका उपनिरीक्षक अछेलाल प्र. कुर्मी समाजसेवी प्रकाश थारु कलैया सिटी जेसिज पुर्व अध्यक्ष बृजकिशोर साह, अध्यक्ष सल्लाहकार बैजु दास, उपाध्यक्ष सन्दीप बरै, कार्यक्रम संयोजक राजेश प्रसाद कुशवाहा महासचिव बिजय कुशवाहा लगायतको उपस्थिति थियो । सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी वीरगञ्जका दिल माया घिमिरे, सुजित पटेल, सुनिल साह, पवन यादव, सन्दिप कुशवाहा, रामनरेश यादव लगायतका थिए ।