• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

उपचारमा सहयोगका लागि ललकु देवी पासवानद्वारा याचना

उपचारमा सहयोगका लागि ललकु देवी पासवानद्वारा याचना

दिपेन्द्र पासवान
राजबिराज, २० कार्तिक । सप्तरीको बोदेबर्साइन नगरपालिका २ की ललकु देबी पासवानले सहयोगका लागि याचना गरेकी छिन् ।
केही बर्षदेखि अल्सर, जण्डिस तथा बबासिर रोगबाट पीडित रहँदैआएकी उनको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएपछि सहयोगका लागि याचना गरेकी हुन् । रोगका कारण मुख तथा मलद्वारबाट दैनिक रुपमा रगत बग्ने, बेहोस हुने समस्याबाट पीडित रहेकी ललकु देबी बिगत तीन बर्षदेखि लहान, दरभङ्गा तथा बिराटनगर लगायतका ठाउँहरुमा उपचार गराउँदै आएकी थिईन् । आफुसँग केही नभएको कारण समाज तथा नातेदारहरु संग ऋण लिएर उपचार गराउँदै आएकी उनको रोग अहिलेसम्म निको हुनुको साटो बढ्दै गएको छ ।
ज्याला मजदुरी गर्दै दैनिक छाक टार्दै आईरहेकी उनका ४० बर्षिय पति धर्मलाल पासवान बिगत ४ बर्षदेखि मानसिक सन्तुलन गुमाए पछि उनी थप पीडामा छिन् । पाँच जनाको परिवार संख्या रहेको उनको जेठो छोरा १९ बर्षिय बिक्रम आर्थिक अभाब कै कारण १० कक्षामा पुगेर पढाई छाड्न बाध्य भएका छन् ।
शिक्षक बन्ने सपना साँचेका बिक्रम बाबुआमाको हालत दिनानुदिन बिग्रिदै गएको र उपचारको लागि कुनै उपाय नलागेपछि बाध्य भएर पढाई छोड्नु परेको पीडा सुनाउँछन् । कान्छो भाई ५ बर्ष कै उमेरमा पोलियो रोगबाट ग्रसित भएर अपाङ्ग छन् ।
‘आफुले ज्यालादारीमा काम गरेर जसोतसो परिवाको २ छाक टार्ने काम गर्ने गरेको छु’ उनी थप्छन ‘आमा निरोगी भएको बेला बहाँले सहयोग गर्नु हुन्थ्यो तर अब त आशै छैन ।’ गहभरीको आँशु पुछदै उनले आमाको उपचार गराउँदा गराउँदै दुई लाख रुपैयाँ भन्दा बढी नै समाजका मान्छे तथा आफन्तबाट ऋण लिईसकेको बताए । उपचारको लागि धरान स्थित बि.पी. कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानमा उनको कुरुवा भएर बस्ने आफन्त मंगल पासवानको अनुसार बिरामीलाई उपचारको लागि लगभग ५ लाख रकम लाग्ने डाक्टरलाई उद्धृत गर्दै जानकारी दिए । उनका अनुसार अघिल्लो महिना डाक्टरले भर्ना बस्नु पर्ने सल्लाह दिएको थियो तर पैसा नभएपछि भर्ना नभईकनै फर्किनु परेको थियो । यता, केही सहयोग पाईन्छ कि भनेर बोदेबर्साइन नगरपालिकाका नगरप्रमुख आतेश कुमार सिहकहाँ जाँदा गरिब गुरुवाहरुलाई सहयोग गर्न आफुहरुसँग कुनै बजेट नरहेको बताएपछि निराश भएर घर फर्केको उनले बताए ।