• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

अज्ञात रोगबाट कञ्चनरुप नगरपालिकामा दुई बालकको मृत्यु

अज्ञात रोगबाट कञ्चनरुप नगरपालिकामा दुई बालकको मृत्यु

राजविराज, ९ कार्तिक । सप्तरीको कञ्चनरुप नगरपालिकामा भाइरल इन्फ्लुन्जाको संक्रमण न्यूनिकरण भएको एक महिना नबित्दै फेरी अज्ञातबाट दुई बालकको मृत्यु भएको छ ।
कञ्चनरुप नगरपालिका वडा नम्बर ७ का ६ बर्षिया कृषजङ्ग कटुवालको गत मङ्गलवार र वडा नम्बर ५ का १३ बर्षिया कृष्ण सदाको बुधवार मृत्यु भएको हो । खाना खाएर सुतेको अवस्थामा ज्वरो आएर टाउको र छाती दुखेको केही समयमै बालक कटुवालको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य समितिका संयोजक डम्बर गुप्ताले जानकारी दिनुभयो । वहाँका अनुसार अर्का बालक सदालाई शुरुमा ज्वरो आएको तथा रातीको समयमा टाउको तथा छाती दुखेको तथा केही मिनेटमै रगत छादेर मृत्यु भएको छ ।
यस अघि गत भदौको अन्तिम सातातिर भाइरल ईन्फ्लुन्जा ( ज्ज्ञ ल्ज्ञ)बाट चार जनाको मृत्यु भएको थियो । वडा नम्वर ७ का हरिलाल साह, ७ का १४ वर्षिय दिवस बस्नेत, वडा नम्वर ३ का १४ वषिय किशोर राम र वडा नम्वर ९ का १४ वर्षिय आमोदकुमार रामको मृत्यु स्वाइनफ्लुबाट मृत्यु भएको थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सबिन राज ढकालले उक्त विषयमा प्रदेश २ का समाजिक विकास मन्त्रालय, महामारी तथा सरुवा रोग नियन्त्रण महाशाखा टेकु र जिल्ला जनस्वास्थ्य कार्यालयलाई मृत्यु भएको बच्चाहरुको विषयमा आवश्यक अनुसन्धान गरी थप मृत्यु हुन नदिन आवश्यक प्रबन्ध मिलाउन आग्रह गरेका छन् ।