• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजविराजमा मेडिकल कलेज स्थापना गर्ने प्रम ओलीको उद्घोष

राजविराजमा मेडिकल कलेज स्थापना गर्ने प्रम ओलीको उद्घोष

राजविराज, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को प्रदेश सभामा सम्बोधन गर्दै सप्तरीमा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेका छन् ।
प्रदेश २ को सभालाई शनिवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सप्तरीको राजविराजमा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेका हुन् । गणतन्त्रवादी नेता स्व. रामराजाप्रसाद सिंहको नाममा उक्त कलेज स्थापना गर्ने सोच रहेको बताए ।
प्रधानमन्त्री ओलीले कृषि क्षेत्रमा धनी रहेको प्रदेश २ मा कृषिलाई आधुनिकीकरण गर्दै सिँचाईको समेत व्यवस्था गर्ने बताउँदै उत्पादनको मुख्यस्थल नै तराई रहेकोले ठूलो सिंचाई योजना, सौर्य उर्जाको माध्यमले पानी निकाल्न सकिने चर्चा गरे ।
कृषिको दृष्टीकोणले धनी रहेको प्रदेश २ मा आवश्यकता भन्दा ४ गुणा बढी उत्पादन गर्न सकिने उनले बताए । नेपालबाट भारतको कोलकाता जाने पानी जहाज प्रदेश २ बाट चल्ने बताउँदै उनले भने ‘नेपालको तीन नदीबाट पानी जहाज चाँडै शुरु हुन्छ, भारतले सीमा क्षेत्रमा बाँध बनाएर नेपाल डुबाउन मिल्दैन ।’
आफू तराईको विकासको लागि प्रतिवद्ध रहेको बताउँदै जनता आवास कार्यक्रम अनुसार प्रदेश २ को हरेक जिल्लामा १ बजार घर बनाउने योजना रहेको प्रधानमन्त्री ओलीले खुलासा गरे । अबको ५ वर्षमा हुलाकी सडक पुरा गरिसक्ने पनि प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा बताए ।