• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
वीरगञ्जमा ४ सय ३१ जनाले गरे रक्तदान

पर्सा, ३० साउन । नेशनल मेडिकल कलेज शिक्षण अस्पतालद्वारा बुधवार आयोजना गरिएको बृहत रक्तदान कार्यक्रममा ४ सय ३१ जनाले रक्तदान गरेका छन् ।
रगत अभाव हुने समस्यालाई मध्यनजर गर्दै नेशनल मेडिकल कलेज का डा. जैनुद्दीन अन्सारीको प्रमुख आतिथ्यमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेशनल मेडिकल कलेजका छात्र, छात्रा, चिकित्सक र स्थानियले सहभागिता जनाएका छन् ।
बृहत रक्तदान कार्यक्रमको प्रमुख अतिथि एवं नेशनल मेडिकल कलेजका प्रमुख डा. जैनुद्दीन अन्सारी,व्यवसथापक, आबिद अन्सारी(चाँद) डा. प्रमोद सरार्फ लगायतको उपस्थिति थियो ।