राजविराज, ६ असार । सप्तरीको विष्णुपुर गाउँपालिकाको वडा नम्वर १ कटबीमा स्थित आधारभूत विद्यालय प्राङ्गणमा बुधवार निःशुल्क आँइख तथा कान शिविर आयोजना गरियो ।
गाउँपालिकाको वडा कार्यालयको सहयोग एवम् विद्यापति सामुदायिक विकास केन्द्र (भिएसडिसी) नेपालको आयोजन तथा नेपाल नेत्र ज्योती संघ, सगरमाथा चौधरी आँखा अस्पताल लहान सिरहाको समन्वयमा शिविर आयोजना गरिएको हो । शिविरमा १ सय ५० जनाको आँखा जाँच तथा ८५ जनाको कान जाँच गरिएको संस्थाका अध्यक्ष धर्मनाथ यादवले जानकारी दिए । चौधरी आँखा अस्पतालबाट सुरतलाल चौधरीको नेतृत्वमा आएको टोलीले आँखा तथा कानका विरामीहरुको स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधी वितरण गरेका छन् । शिविरमा फेला परेका २५ जना मोतिया विन्दुका विरामीहरुको अप्रेशनकालागि चौधरी आँखा अस्पताल लहान लगिएको छ ।
आयोजक संस्थाका अध्यक्ष यादवको अध्यक्षतामा आयोजित उक्त शिविरको उद्घाटन वडा अध्यक्ष ईब्राहिम मन्सुरीले गरे । कार्यक्रममा पशु सेवा कार्यालयका प्राविधिक मनोज यादव, विद्यालयका प्रधानाध्यापक लोकेन्द्र यादव, व्यवस्थापन समितिका अध्यक्ष लिलाई यादव लगायतको विशेष उपस्थिति थियो ।