• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

लायन्सको निःशुल्क स्वास्थ्य शिविरमा दोस्रो दिनसम्म ७ सय २२ जनाले पाए सेवा

लायन्सको निःशुल्क स्वास्थ्य शिविरमा दोस्रो दिनसम्म ७ सय २२ जनाले पाए सेवा

राजविराज, २९ चैत । अमेरिकाको कैलाश मेडिकल फाउन्डेसन र लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक फोर सी ३ द्वारा सप्तरीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा दोस्रो दिनसम्म ७ सय २२ जना सर्वसाधारणले सेवा लिएका छन् ।
तिलाठी कोइलाडी गाउँपालिका अन्तर्गत कोइलाडीमा बुधवारदेखि सञ्चालन भएको तीन दिने शिविरमा अमेरिकी विशेषज्ञ चिकित्सक टोलीद्वारा निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण गरिदैआएको हो । गरिब एवम् विपन्न समुदायलाई गुणस्तरिय स्वास्थ्य सेवा दिने उद्देश्यका साथ आयोजना गरिएको उक्त शिविरमा शरिरका विभिन्न रोगको निःशुल्क परामर्श तथा उपचार सेवा प्रदान भईरहेको सप्तरी संयोजक मनोज सापकोटाले जानकारी दिए । उनका अनुसार दाँतको लगायत अन्य फिजिसियन सम्बन्धि विशेषज्ञ चिकित्सकहरुको टोलीद्वारा जाँच भईरहेको छ ।
स्वास्थ्य सेवा लिनेहरुमा बाढी प्रभावित क्षेत्र, दलित, विपन्न एवम् निम्नवर्गका व्यक्तिहरु अत्यधिक रहेको बताउँदै सेवा लिने सर्वसाधारण चाप अत्यधिक रहेको उनले जानकारी दिए । दुई दिनको स्वास्थ्य शिविरमा सेवा लिन आउनेहरुको चाप देखेर आफुहरु अत्यधिक उत्साहित भएका बताउँदै संयोजक सापकोटाले भने ‘ग्रामिण, विपन्न एवम् स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेकाहरुको स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधी वितरण गर्न पाउँदा हामीहरु अत्यन्तै खुशी छौं ।’ शिविरमा अमेरिकी विशेषज्ञ टोली लायन्स क्लब इन्टरनेश्नल डिस्ट्रिक फोर सी ३ का क्यालिफोर्नियाका गभर्नर राजेन थापाको विशेष पहलमा सप्तरीमा स्वास्थ्य शिविर सञ्चालन गरेको मिडिया संयोजक सचिन पोखरेलले जानकारी दिए ।
यसैगरी वैशाख २ गतेबाट सुनसरीको इटहरीमा हुने शिविरको लागी प्रचार प्रसार तथा अन्य तयारी भईरहेको इटहरी संयोजक बिमल पौडेलले बताए । इटहरीमा विभिन्न सामाजिक संघसस्थाहरुसँगको सहकार्यमा शिविर हुन लागेको छ । पौडेलका अनुसार अमेरिकी विशेषज्ञ चिकित्सकको टोलीले दिने स्वाथ्य सेवाबाट इटहरीका वासिन्दा निक्कै लाभाववित विश्वास गरिएको छ ।