• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

छिन्नमस्ता पुर्ण खोप र खुल्ला दिशा मुक्त गाउँपालिका घोषणा

छिन्नमस्ता पुर्ण खोप र खुल्ला दिशा मुक्त गाउँपालिका घोषणा

राजविराज, १३ चैत । जिल्ला समन्वय समितिका अध्यक्ष प्रभाकर यादवले सबैले चर्पीमा दिसा–पिसाब गर्ने बानी बसालेर सभ्य नागरीकको परिचय दिन आग्रह गरेका छन् ।
छिन्नमस्ता गाउँपालिकामा मंगलवार आयोजित पुर्ण खोप र खुल्ला दिशा मुक्त गाउँपालिका घोषणा समारोहलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । खुल्ला ठाउँमा दिसा–पिसाब गर्नेलाई कार्वाही समेत गर्ने चेतावनी दिए ।
चौरसिया धर्मशालाको प्राङ्गनमा गाउँपालिका अध्यक्ष सुर्य नारायण मण्डल ‘कुरुड’ को अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत नबराज खडका, जनस्वास्थय प्रमुख ज्ञान बहादुर बस्नेत, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख लोकेन्द्र प्रसाद यादव, छिन्नमस्ता गाउँपालिकका उपाध्यक्ष उषा कुमारी मण्डल, जनस्वास्थय कार्यालयका कुलेश्वर मुखिया, सबल नेपालका प्रमेश्वर झा, छिन्नमस्ता गाविसका पूर्व अध्यक्ष सत्यनारायण यादव, धर्मी हल्फा महिला विकास कल्वका अध्यक्ष ई. सूर्य नारायण यादव, संघीय समाजवादिका केदार प्रसाद यादव, इलाका स्वास्थ्य चौकी सखडाका इन्चार्ज ब्रहमदेव साह, सस्त्र प्रहरी आउट पोष्ट गोविन्दपुरका इन्सपेक्टर तेज बहादुर जोरा, वडा अध्यक्ष विनोद कुमार यादव, चुन चुन साह, दिपेन्द्र कुमार यादव, ‘दिपु’, रामनन्दन पण्डित, विरेन्द्र साह, समाजसेवी तेज नारायण यादव, राम नारायण यादव लगायतले शुभकामना व्यक्त गरे । पत्रकार शुभनारायण यादवले कार्यक्रम सञ्चालन गरे ।