• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

बालिका बलात्कार गरी हत्या गर्ने युवक पक्राउ

बालिका बलात्कार गरी हत्या गर्ने युवक पक्राउ

राजविराज, ४ फागुन । सप्तरीको खडग नगरपालिका वडा नम्वर ९ कि ११ वर्षिया बालिकालाई बलात्कार गरी हत्या गर्ने युवकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
आफ्नै ठूलो बुवाको छोरी पार्वती कुमारी मण्डललाई बलात्कारपछि हत्या गर्ने १८ वर्षिय राजदेव मण्डललाई जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो । गत माघ २५ गते ब्ल्यांकेट ओढेर सुतिरहेको अवस्थामा राजदेवले जबरजस्ती करणी गर्न खोज्दा उनी कराउन थालेपछि मुख थुनेर बोल्न नदिई करणी गरेको र बालिका चिच्याउन थालेपछि हत्या गरेको प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिएका छन् । उनका अनुसार बालिकाले हल्ला गर्न थालेपछि पीडितकले परिवारका मान्छेहरुले थाहा पाउने डरले राजदेवले घाटी थिची कुर्ताको तुनाले घाँटीमा करिब पन्ध्र मिनेटसम्म कसेपछि उनको मृत्यु भएको हो ।
घटना पश्चात राजदेव कोठाबाट भागेको केही समयपछि बालिकाको मृत्युबार परिवारजनले थाहा पाएका थिए । बालिकाका हजुरबुवाले जीउ तातै रहेकोले बचाउन सकिन्छ कि भन्ने आशका साथ कल्याणपुरको एडभान्स अस्पताल लगिएको थियो । त्यहाँका स्वाथ्यकर्मीले सुविधा सम्पन्न अस्पतालमा लैजान सुझाव दिएपछि लहान स्थित एक अस्पताल लगिएकोमा त्यहाँका चिकित्सकले घाँटीमा डाँम देखेपछि बलात्कार भएको हुनसक्ने शंका गरेका थिए । त्यतिकैमा प्रहरीले गोप्य सूचनाको आधारमा अस्पतालसम्म पुगेर पोष्टमार्टमकालागि धरान पठाए भने अनुसन्धान कार्यलाई तिब्रता दिए ।
प्रहरीले अनुसन्धान गरिरहँदा परिवारका सदस्यहरुले घटनाबारे अनभिज्ञता प्रकट गरिरहँदा पीडक राजेन्द्र घरबाट भाग्दै गरेको अवस्थामा प्रहरी टोलीले पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक सिंहले बताए । पक्राउ गरिएको आरोपीमाथि जबरजस्ती करणी गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाएको उनले जानकारी दिए ।
उक्त मुद्दामा मुलुकी ऐन जबरजस्ती महलको १४ को १ नम्वर बमोजिमको कसुर अपराधमा सोही ऐनको दफ ३ (२) मा १० वर्ष वा सो भन्दा बढी वा १४ वर्ष भन्दा कम उमेरकी बालिकालाई जबरजस्ती करणी गरेमा ८ देखि १२ वर्ष सम्म कैद सजाय गर्ने कानूनी प्र्रावधान रहेको छ । साथै हाडनातामा करणी गर्नेलाई थप तीन वर्ष कैद सजायको व्यवस्था छ ।
यसैगरी सप्तरीको छिन्नमस्ता गाउँपालिकामा २ वषिया बालिकालाई छिमेकमा बस्ने १२ वर्षिय बालकले जबरजस्ती करणी गरेको छ । बालिकाकी आमाले उजुरी दिएपछि तत्कालै उपचारको लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । उक्त घटनामा संलग्न बालकलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडि बढाईएको प्रहरी उपरीक्षक सिंहले बताए ।