• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
देशैभरि गोबिन्द गणिनाथको पूजा सम्पन्न

राजविराज, ३ भदौ । हलुवाई समाज नेपालको आह्वानमा सप्तरीसहित देशका विभिन्न जिल्लाहरुमा गोबिन्द गणिनाथ पूजा महोत्सव शनिवार आयोजना गरिएको छ ।

गणिनाथ गोबिन्द सेवा समितिद्वारा महोत्सवका अवसरमा सप्तरी सदरमुकाम राजविराजस्थित थानगाछी प्रा¬ङ्गणबाट निकालिएको कलशसहितको शोभायात्रा नगरको विभिन्न भाग परिक्रमा गरेको छ । सयौं महिला एवम् पुरुषको सहभागितामा रहेका कलश यात्रा तथा झाँकी थानगाछीस्थित गणिनाथ मन्दिरमै पुगी समापन भएको छ ।

गणिनाथ महोत्सवमा हलुवाईलगायत विभिन्न जातीका व्यक्तिहरुले कुलदेवता गणिनाथको भव्य पूजाआजा गरेका छन् । यसैगरी बिराटनगर स्थित सिर्सिया खोला छेउँको मन्दिर, इनरुवा सुनसरी खोला छेउ, जनकपुर, बीरगञ्ज, काठमाण्डौको जैन भवन लगायतका स्थानहरुमा कलश शोभायात्रा पूजा, सिनरी पूजा लगायतका कार्यक्रमहरु आयोजना गरिएको पूजा समितिका संयोजक संतोष साहले जानकारी दिएका छन् । गोबिन्द गणिनाथ पूजा हलुवाईसहित तराई–मधेशका विभिन्न जातीहरुले प्रत्येक वर्ष कृष्णजन्माष्टमीको पहिलो शनिवारका दिन मनाउने गरेका छन् ।