• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राजपा पनि चुनावमा भाग लिन्छः मन्त्री देव

सप्तरी, १८ जेठ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवले राष्ट्रिय जनता पार्टी नेपाल समेत चुनावमा भाग लिने दावी गरेका छन् ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा विहीवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । उनले भने ‘फोरम लोकतान्त्रिक, माओवादी र नेपाली काँग्रेस सहितका प्रमुख राजनीतिक दलका नेतृत्व बर्ग राष्ट्रिय जनता पार्टीका नेताहरुसँग निरन्तर छलफलमा रहेको र सकारात्मक कुराकानी भईरहेकोले राजपा पनि चुनावमा भाग लिने छन् ।
‘म आफु पनि निरन्तर सम्पर्कमा छु, राजपाले राखेको माग हाम्रो पनि माग हो खाली कसरी जाने त्यसको बारेमा छलफल भइरहेको छ’ उनले भने ‘यो सरकार त अस्ति नै संविधान संसोधन पास गराउने भनेर गईसकेको थियो, यदि राप्रपाको केही नेताहरु पार्टीको मिटिङ्ग छोडेर नगएको भए त्यही दिन नै पास भइसक्थ्यो ।’ आफुहरु मिलेरै चुनावमा जाने विश्वास व्यक्त गरे ।
राजपालाई चुनावमा ल्याउनकै लागि स्थानीय तहको निर्वाचनको तिथि समेत सारिएको भन्दै चुनाव पछि आफुहरु मिलेर संविधान संशोधन गर्ने समेत मन्त्री देवले दावी गरे । एक अर्को प्रसङ्गमा बोल्दै न्यायाधीश नियुक्ति दलीय भागबण्डामा भईरहेकोले न्यायीक क्षेत्रमाथिको आस्थालाई कायम राख्न न्यायीक क्षेत्र स्वतन्त्र रहनुपर्नेमा उनले जोड दिए ।