• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सरकारी तथा गैरसरकारी कार्यालयहरु पारदर्शी हुनुपर्दछः प्रजिअ कटुवाल

सरकारी तथा गैरसरकारी कार्यालयहरु पारदर्शी हुनुपर्दछः प्रजिअ कटुवाल

बृजमान तामाङ/बिरेन्द्र बजार १७ जेठ । सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल सरकारी तथा गैरसकारी कार्यालयहरुले आफ्ना गतिविधिलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीद्वारा बुधबार सरकारी तथा गैरसरकारी संघ संस्थाहरुसंग आयोजित अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै उनले यस्तो कुरा बताएका हुन् । प्रत्येक कार्यालयले बजेट बिनियोजन र खर्चको हरहिसाबमा सञ्चारकर्मीको सहभागिता हुपर्नेमा जोड दिँदै उनले भने ‘सरकारी तथा गैरसकारी कार्यालयहरुले आफ्ना गतिविधिलाई पारदर्शी र प्रभावकारी बनाउनुपर्दछ ।’ प्रजिअ कटुवालले विभिन्न कार्यलयका प्रमुखहरुलाई अब सप्तरीमा यस्ता असान्दर्भिक गतिविधीलाई न्यूनिकरण गर्न सुझाब दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपाध्यक्ष शिबहरी भट्टराईले सरकारी कार्यालय र पत्रकारको मिलोमतोमा हुने विकृती अन्य हुनुपर्नेमा जोड दिए । सप्तरीका स्थानिय विकास अधिकारी सुदेव कुमार पोखरेलले बिकासीय कार्यलयहरुमा हुने अनियमित कार्यको पत्रकारहरुले भण्डाफोर गर्नुपर्नेमा जोड दिए । उनले हरेक गतिविधिहरुको अनुगमन कार्यमा पत्रकारहरुहरुलाई समावेश गराउनुपर्ने बताउँदै राम्रा कामलाई राम्रो र गलत कार्यलाई गलत पत्रकारहरुले भनिदिनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष प्रकाश खतिवडाले सप्तरीको समग्र विकासकालागी सरकारी तथा गैरसरकारी कार्यलय, राजनैतिक दल र पत्रकारहरु बिचको सम्बन्ध सुमधुर हुनुपर्ने आबश्यकता औंल्याए । नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष बैधनाथ झा, गैरसरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, उधोग वाणिज्य महासंघ सप्तरीका अध्यक्ष अरुण प्रधान, गाविस सचिव हकहित संरक्षण केन्द्रका केन्द्रीय उपाध्यक्ष राम कुमार यादब, नागरिक सञ्जाल सप्तरीका अध्यक्ष सुखराम यादव लगायतकाले मनतव्य व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ सप्तरीका सचिब जितेन्द्र कुमार झा (जितु) ले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष सुधा देवले गरिन् । कार्यक्रमको औचित्यबारे शाखाका उपाध्यक्ष श्यामसुन्दर यादवले प्रकाश पारे । कार्यक्रममा सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।