• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मोर्चाद्वारा राजविराजसहित विभिन्न स्थानमा मसाल जुलुस प्रदर्शन

मोर्चाद्वारा राजविराजसहित विभिन्न स्थानमा मसाल जुलुस प्रदर्शन

राजविराज, ५ वैशाख । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीको आहवानमा राजविराजसहित जिल्लाको विभिन्न स्थानहरुमा मंगलबार साँझ मसाल जुलस प्रदर्शन गरिएको छ ।
राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिर प्राङ्गणबाट निकालिएको मसाल जुलुस नगरको विभिन्न भाग परिक्रमा गरि शहीद दशन चौकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
जिल्लको ईटहरी विष्णुपुर, पातो, वोदेवर्साईन, कदमाहा, कल्याणपुर, कठौना, रुपनी, सितापुर, कञ्चनपुर, फतेपुर, हनुमाननगर, गोईठी, वथनाहा (ढिकली), तिलाठी, भारदह र वेल्ही चपेनामा समेत मसाल जुलुस प्रदर्शन गरिएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीका संयोजक दिनेश कुमार यादवले जानकारी दिएका छन् ।