• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

प्रारम्भिक कक्षा पढाईबारे अभिमुखिकरण कार्यशाला सम्पन्न

प्रारम्भिक कक्षा पढाईबारे अभिमुखिकरण कार्यशाला सम्पन्न

राजविराज, ५ वैशाख । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम सम्वन्धि एक दिने मिडिया अभिुखिकरण कार्यशाला कार्यक्रम मङ्गलवार राजविराजमा आयोजना गरियो ।
युएसएआइडिको सहयोगमा शिक्षा विभागद्वारा आयोजित उक्त कार्यक्रममा प्रारम्भिक कक्षा पढाइ कार्यक्रममा सहि ढंग र शुद्ध तरिकाले पढ्नु र त्यसलाई बोध गर्दै पढेर, भनेर वा लेखेर अभिव्यक्त गर्नु प्रारम्भिक कक्षाको ध्येय रहेको जानकारी दिइएको छ । जुन विद्यार्थीले कक्षा ३ भित्रै पढाई सिप हासिल गरेको हुन्छ उसको माध्यमिक तहमा उतीर्ण हुने सम्भावना ४ गुणाले बढ्ने भन्दै भविष्यमा राम्रो काम पाउने आर्थिक अवस्था समेत मजबुत हुने सम्भावना उत्तिकै बलियो रहेको जानकारी दिइएको छ ।
इजीआरपीको प्रयास स्वरुप प्रारम्भिक कक्षा पढाइका लागि पारिवारिक र सामुदायिक सहयोग बढाउनु, विभिन्न सन्देश सञ्चारमाध्यमहरुबाट जनाइएको छ । घरमा उज्जयालो र आरामदायी पढ्ने ठाउँ बनाइदिने, बालबालिकाको सुन्ने र बोध गर्ने वानीको विकास गर्ने उनीहरुलाई कथा सुनाउने, बालबालिकाले रोचक र रमाइला किताबहरु स–स्वर पढेको सुन्ने र त्यसका लागि कम्तिमा १० मिनेट समय अभिभावकले छुट्याउनु पर्ने कार्यक्रममा जानकारी दिइएको छ । उक्त कार्यक्रममा जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डे, प्रारम्भिक कक्षा पढाईका प्रमुख सतिश गुरुङ्ग, क्षेत्रीय प्रवन्धक संजय गुप्ता, क्षेत्रीय फिल्ड संयोजक योगेन्द्र गान्धारी र जिल्ला संयोजक प्रमोद महतलगायतले प्रभावकारी सिकाईबारे जानकारी दिइएका छन् ।